अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

सत्ता गठबन्धनले चितवनमा आमसभा गर्ने, सबै शीर्ष नेतासहित गगन र शेखरको पनि सम्बोधन

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:१६ मा प्रकाशित

सत्तारुढ गठबन्धनले पर्सि चितवनको भरतपुरमा संयुक्त चुनावी आमसभा गर्ने भएको छ ।सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेको र नेकपा एमालेले भरतपुरमा जित निकाल्न हरसम्भव प्रयास गरिरहेकोले चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएर आमसभा गर्न लागेका हुन् ।

आमसभामा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने तयारी छ । आमसभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले पनि सम्बोधन गर्ने भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ ।

भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी परेकाले पार्टी तथा गठबन्धनमा एकता देखाउनका लागि पनि गठबन्धनले गगन थापा, शेखर कोइराला लगायतका नेतालाई आमसभामा लैजान लागेको हो।

प्रतिक्रिया