अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर ९ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:१५ मा प्रकाशित

नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर ९ जनाको ज्यान गएको छ । दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर ९ जनाको ज्यान गएको नाइजेरियाको प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

हिजो बेलुकी भएको घटनामा अरु केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी भइरहेको नाइजेरियन प्रहरीले जनाएको छ । भग्नावशेषबाट आज चार वर्षका बालकको शव निकालिएको छ । भवनमा कति मानिस थिए यकिन नभएकोले ज्यान गुमाउने र घाइते तथ्याङ्क आउने सकेको छैन । तीन तले भवन एक्कासी भत्किँदा त्यहाँ मानिसहरु पुरिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू