अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसङ्घको दाबी

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:१४ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चआयोगका अनुसार रुस युक्रेनको दुई महिनामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको उच्चआयोगले जनाएको छ । युद्धमा मृत्यु हुनेको सङ्ख्या योभन्दा अझै बढी हुने पनि आयोगको अनुमान छ ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता विनानिस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनु पर्ने बताउँदै आएको छ ।

रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साताअघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको संकेत गरेका थिए । युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू