अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

देशभर थपिए ३२ संक्रमित, २३ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:१२ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ९४ परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार कोरोनाको संक्रमणबाट २३ जनामुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया