अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

बुद्धजयन्तीमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:३० मा प्रकाशित

बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउनुहने भएको छ । नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने कार्यक्रम रहेको बताईएको छ ।

यद्यपि भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्नुभए को छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उच्चस्तरीय राजनीतिक भेटघाट भइसकेकाले यसपटकको भ्रमण बढी सांस्कृतिक हुने दिल्लीको दाबी छ।

 

प्रतिक्रिया