अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

निर्वाचनमा संवेदनशील बन्न महानिरीक्षक सिंहको अधिकारीहरुलाई निर्देशन

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:२५ मा प्रकाशित

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । आइतबार प्रहरी महानिरीक्षक नियुक्त भएका सिंहले नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्द्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्ने बताउनुभयो ।

सोमबार प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकारीहरुलाई सम्बोधन गर्दै महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्त्वका साथ सफलतापूर्वक सम्पादन गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया