अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

रुसी विदेशमन्त्रीको वयानपछि इजरायल आक्रोशित, माफी माग्नुपर्ने अडान

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:२४ मा प्रकाशित

रुसका विदेशमन्त्री सर्गेई लाभरोभको यहुदीहरूबारे दिएको बयानलाई लिएर इजरायल आक्रोशित भएको छ ।यहुदीहरू हिटलरको हिस्सा भएको लाभारोभको बयानमा इजरायलले आक्रोश व्यक्त गरेको हो । उक्त बयानका लागि रुसले माफी माग्नुपर्ने पनि बताएको छ ।इजरायलका विदेशमन्त्री यायिर ल्यापिडले रुसी राजदूतलाई ‘स्पष्टीकरण’का लागि बोलाएर माफी माग्नुपर्ने माग गर्नुभएको हो । लाभरोवले आइतबार इटालियन टेलिभिजनलाई दिएको अन्तरवार्तामा त्यस्तो टिप्पणी गर्नुभएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की यहूदी रहेको एक प्रश्नमा लाभरोभले युक्रेनमा नाजीको अस्तित्वलाई अस्वीकार गर्न मिल्दैन भन्दै हिटलरको पनि यहूदी रगत नै थियो भन्ने जवाफ दिनुभएको थियो ।इजरायली विदेशमन्त्री ल्यापिडले लाभरोवको यो टिप्पणी अपमानजनक, अक्षम्य र ऐतिहासिक त्रुटी हो भन्दै रुसले माफी माग्नुपर्नेमा जोड दिनुभएको हो ।

युक्रेन र रुसबीच सन्तुलन कायम राख्न इजरायलले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको समयमा आएको उक्त वयानका कारण इजरायलमा असन्तुष्टि बढेको छ । यस्तै इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले यस्ता झूटहरूको अर्थ यहूदीहरूलाई इतिहासको सबैभन्दा भयानक अपराधको लागि दोषी ठहर्याउने र यहूदीहरूका उत्पीडकहरूलाई उनीहरूको जिम्मेवारीबाट मुक्त गराउने षडयन्त्र भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू