अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:२२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप भ्रमणमा निस्कनुभएको छ ।जर्मनी, डेनमार्क र फ्रान्सको भ्रमण गर्ने गरी मोदी सोमबार जर्मनी पुग्नुभएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतमाथि रुसविरुद्ध उभिन निरन्तर दबाव बढिरहेको बेला मोदी युरोप भ्रमणमा जानुभएको हो ।

जर्मनीमा मोदीले त्यहाँका चान्सलर ओलफ सोल्जसँग वार्ता गर्नुहुनेछ । मोदी मंगलबार डेनमार्क भ्रमणका लागि कोपनहागन पुग्नुहुनेछ । भेटमा डेनिस प्रधानमन्त्री फ्रेडेरिक्सनसँग हरित साझेदारी रणनीतिको विषयमा छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी बुधबार मोदी डेनमार्कबाट पेरिस पुग्ने कार्यक्रम छ । रुस–युक्रेन युद्धमा तटस्थ बस्ने कोशिस गरिरहेका भारतीय प्रधानमन्त्री मोदीलाई युरोपेली देशहरूले रुसलाई युद्धबाट पछि हटाउनका लागि भूमिका खेल्न आग्रह गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू