अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

अमेरिकामा आँधीका कारण सयौं नागरिक घरबारबिहिन

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ७:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारबिहीन भएका छन् । भारी वर्षापछि आएको आँधीले घरका छतहरु उडाउनुका साथै सयौं घरहरु ध्वस्त भएका छन। आँधी प्रभावित क्षेत्रहरूमा सयौं सवारी साधनहरू समेत नष्ट भएका छन । आँधी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कन्सस राज्य लगाएत अयोवा, मिसौरी र नेब्रास्कामा जनता पनि आँधीको चपेटामा परेका छन् ।

हावा हुरीले ती शहरहरुको बिजुलीको पोल ढाल्नुका साथै यातायात सेवा समेत अवरुद्ध भएको छ । यसैगरी अमेरिकाको बिचिटा शहरमा मात्रै एक सय वटा संरचना समेत ध्वस्त भएका छन्। अमेरिकाको कन्सस राज्यमा आँधी प्रभावितको उद्धारका लागि सयौंकाे संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू