अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ६:३७ मा प्रकाशित

युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन । रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ ।

युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्कीले युक्रेन र छिमेकी देशलाई भोकमरीमा जान नदिने बताउनुभएको छ । युक्रेनबाट अस्ति बिहीबार मात्रै ७१ हजार टन मकै बोकेको कार्गो जहाज रोमानिया गएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू