अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

किएभकाे सुरक्षा ‘ग्यारेन्टर’ का रूपमा चीनकाे सम्भावना : युक्रेनी विदेशमन्त्री

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ५:५८ मा प्रकाशित

युक्रेनका विदेशमन्त्री दिमित्राे कुलेबाले किएभले चीनलगायत संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताउनुभएकाे छ । चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताउनुभयाे । कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ ।

युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार ‘किएभले अब यूएनएससीका स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाहरू खोजिरहेको छ र बेइजिङलाई युक्रेनको सुरक्षा ग्यारेन्टर मध्ये एक बन्न प्रस्ताव गरिरहेको छ ।’उहाँले भन्नुभयाे, बेइजिङले युक्रेनमा युद्धविरामको पहल गर्न रुसलाई आह्वान गर्ने किएभले आशा राखेको छ ।

रुसले गएकाे फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही सुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका नागरिकलाई जोगाउने लक्ष्य रहेको बताउनुभएकाे थियाे । ‘जो आठ वर्षदेखि किएभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन् ।’ त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू