अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २ महिना पूरा, हजारौँको ज्यान गयो, लाखौँ विस्थापित

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ७:४२ मा प्रकाशित

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ । गएकाे फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण आज आइतवार (अप्रिल २४) देखि तेस्रो महिनामा प्रवेश गरे पनि तत्काल युद्ध रोकिने वातावरण देखिएको छैन ।

रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि सफलता प्राप्त भएको छैन । रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि हजारौँको ज्यान गएको, लाखौँ विस्थापित भएका र कैयौँ संरचना ध्वस्त भएका बीबीसीले जनाएको छ । रुसले युक्रेनको मरिओपोल सहरमा एउटा स्टिल कारखानाबाहेक सबै क्षेत्र कब्जा गरेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आज युक्रेनको राजधानी किएभको भ्रमण गर्दै हुनुुहुन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर अमेरिकी अधिकारीको भ्रमणबारे जानकारी गराउँदै उनीहरू सहयोग लिएर आउने अपेक्षा राखेको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि युक्रेनको भ्रमण गर्न लागेका उनीहरू सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू