अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

अमेरिकी विदेशमन्त्री एन्टोनी युक्रेन भ्रमणमा

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ७:२४ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा प्रमुख लोयड अस्टिन युक्रेन भ्रमणमा जानुभएको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई भेट्न उनीहरू युक्रेनका किभ पुगेका थिए । रुस र युक्रेनबिच जारी युद्धको ताजा अवस्था बुझ्न र युद्धबिरामको उपायका विषयमा छलफल गर्न युक्रेन पुगेको बुझिएको छ ।

युक्रेनको मारियुपोल शहर रुसको कब्जामा गइसकेको छ भने अन्य शहरहरुमा पनि रुसले आक्रमण जारी राखेको छ । मरियुपोल शहरमा रहेको स्टील प्लान्टमा फसेका युक्रेनी नागरिहरुको उद्धारको प्रयास जारी रहेको र त्यहाँ मानवीय मार्गहरु प्रशस्त गर्नका लागि उपायहरु अवलम्बन गरिएको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले जानकारी दिनुभयो ।

यसैबिच रुसले युक्रेनको दक्षिणी शहर खेरसनमा जनमत संग्रह गर्न लागेको बेलायतले पुष्टि गरेको छ । बेलायती रक्षा मन्त्रालयले रुसले त्यहाँ जनमत संग्रह गर्न लागेको जानकारी दिंदै रुसको कदम गलत भएको प्रतिक्रिया दिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने यसअघि नै रुसले जनमत संग्रह गरे रुस सँंगका वार्ता भंग हुने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू