अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

फ्रान्समा हालै निर्वाचित राष्ट्रपति म्याक्रोंविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ७:१३ मा प्रकाशित

फ्रान्सकाे राष्ट्रपति पदमा इमानुएल म्याक्रोँ पुनः निर्वाचित भएपछि राजधानी पेरिसमा विरोध प्रदर्शन भएको छ । हजारौंको संख्यामा उपस्थित असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग समेत गरेको छ । मध्य पेरिसमा प्रदर्शनकारीमाथि दंगा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको छ । म्याक्रोंले अति दक्षिणपन्थी नेता मारिन ली पेनलाई पराजित गर्दै दोस्रो पाँच वर्षे कार्यकालका लागि विजयी भएका थिए ।

राष्ट्रपति म्याक्रोँको विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ । यद्यपी कतिपय भने पछिल्लो निर्वाचित परिणामबाट आक्रोशित बनेका छन् । राष्ट्रपति म्याक्रोँले सहज मतान्तरले जिते पनि दुवै उम्मेदवारप्रति मतदाताको तीब्र असन्तुष्टि थियो । दुवै उम्मेदवारप्रति असन्तुट जनाउदै पहिलो चरणको मतदान र आइतवार दोस्रो चरणको निर्वाचन भईरहदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्व विद्यालयबाहिर प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू