अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ७:१० मा प्रकाशित

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी हुनुभएको हो । रन–अफ् भनिने निर्णयक चरणको मतदानमा म्याक्रोंले ५८ प्रतिशत मत पाउदा ले पेनको पक्षमा ४१ दशमलव ८ प्रतिशत मत परेको थियो ।

जितपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै मध्यपन्थी नेता म्याक्रोंले चुनावपछि आफू एउटा पक्षको नभई सिंगो फ्रान्सको राष्ट्रपति भएको बताउनुभयो । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्सलाई भावनात्मक एवं राष्ट्रिय सामथ्र्यको आधारमा एकताबद्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू