अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

विश्वकी सबैभन्दा बृद्ध व्यक्तिको ११९ वर्ष उमेरमा निधन

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ६:५६ मा प्रकाशित

विश्वकै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा चिनिएकी जापानी महिला काना तानाकाको ११९ वर्ष उमेरमा निधन भएको छ। सञ्चारमाध्यमहरुका अनुसार जनवरी २, १९०३ मा जन्मिएकी ती महिलाको निधन भएको हो।

तानाकालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले सन् २०१९ मा विश्वकै सबैभन्दा बृद्ध व्यक्तिका रुपमा सूचीकृत गरेको थियो। उनको वृद्धावस्थाका कारण गत मंगलबार फुकोयामास्थित एक अस्पतालमा निधन भएको जापानी सञ्चारमाध्यम एनएचकेले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू