अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

भारतमा थपिए २ हजार ५ सय नयाँ सङ्क्रमित, ३० को मृत्यु

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ६:५७ मा प्रकाशित

भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्युसमेत भएको छ ।यस्तै, अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए ।

भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् ।संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७.३७ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू