अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

सोमालियामा एक रेष्टुरेन्टमा बिस्फोट हुँदा ६ जनाको मृत्यु, ७ घाइते

बिआरटीनेपाल २०७९ वैशाख ९ गते २१:१९ मा प्रकाशित

सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा भएको बिस्फोटमा परेर ७ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साँझको समयमा भएको बिस्फोटमा प्रहरी प्रमुखसहित सरकारी अधिकारीहरु भने सकुशल रहेको बताइएको छ ।

मोगादिसुको दक्षिणी क्षेत्रमा रहेको सो रेष्टुरेन्टमा सरकारी अधिकारीहरुको भीड लाग्ने गरेको छ । घटनाको कारण थाहा नभएपनि रेष्टुरेन्टभित्रै आक्रमणकारीले बिस्फोट गराएको प्रहरीको दावी छ । सोमालियाको संसदलाई लक्षित गरी नवनिर्वाचित विधायकहरु बैठकमा भेला भएको बेला सो आक्रमण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू