अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

शेयर बजार ३० अंकले बढ्यो

बिआरटीनेपाल २०७८ चैत ३० गते ८:०० मा प्रकाशित

बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै आरएमडिसी लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै युनाइटेड इदी मार्दी र सारथी लघुवित्तको शेयरमूल्य २ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा ८ करोड ४३ लाख ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया