अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

सिलवालको रिट सर्वोच्चद्वारा खारेज, घिसिङलाई काम गर्ने बाटो खुल्यो

बिआरटीनेपाल २०७८ चैत २२ गते ७:३४ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्य सचिवबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आज न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले हटाएर टङ्कलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेपछि सिलवाल अदालत पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू