अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

नेपाली घरको सेलिब्रेसन डिनर कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७८ चैत २१ गते १७:०० मा प्रकाशित

नेपाली घरद्वारा आयोजित नेपाली कम्युनिटी घर किनेको उपलक्ष्यमा सेलिब्रेसन डिनर भव्यतापूर्ण सम्पन्न भएको छ । हिजो डेनभरको याक एन्ड यति रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा महासचिव भोला कटुवालले कार्यक्रम गर्नुको उद्देश्य बताएका थिए भने निवर्तमान अध्यक्ष लछुमन रानाले सम्पूर्ण आगन्तुकलाई स्वागत गर्दै स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्नो मनोरञ्जनात्मक प्रदर्शन दिएका थिए । स्थानीय कलाकारको बेजोड प्रस्तुतिलाई दर्शक दिघ्राबाट मुग्ध कण्ठले प्रशंसा भएको देखिन्थ्यो । कार्यक्रममा गायिका सम्झना पाण्डे, लोक दोहरी गायक रुपेश न्यौपाने, दीपक गौतम, प्रवीण भट्टराई, वसन्त लम्साल, मनोजकाजी तुलाधर, प्रकाश पौडेल तथा निराकर पन्तले गीत प्रस्तुत गरेका थिए । त्यसै गरी नृत्य गर्नेहरुमा किरण भुसाल, श्रुति पाण्डे, दिया ढकाल, परी चौलागाईं, रिकिता पौडेल, प्रसन्ना चाम्लागाइ र प्रियङ्का श्रेष्ठ थिए । कार्यक्रममा गजलकार भूपेन्द्र महतले आफ्नो गजल सुनाएर मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालले अर्को हप्ता देखी कम्युनिटी घरमा सफा गर्ने कार्यक्रम रहेको हुनाले स्वयम सेवी भएर साथ दिन अनुरोध गर्दै स्रोत र साधनले भ्याएसम्म इन्जिनियरहरूको एक टोली बनाइ घरको भित्री भागको मर्मत सम्भारको सुरुवात गर्ने बताएका छन् । सबै समुदायको घर भएकोले कोही छुट्नु भएको भए अभियानमा जोडिनको लागि उपयुक्त समयमा जोडी यो महान् अभियानलाई सफल पार्न ढकालले अनुरोध गरेका थिए ।

कार्यक्रममा २५० जना भन्दा बढी सहभागी भएको जानकारी कार्यक्रम संयोजक आशिश कटुवालले दिएका छन् । कार्यक्रमको सञ्चालन किरण अधिकारीले गरेका थिए । कार्यक्रममा संस्थापक सदस्य तथा सल्लाहकार रमेश गुरुङले उहाँको आमाको स्मृतिमा दुई सय थान नयाँ कुर्सी नेपाली घरको नयाँ भवनलाई प्रदान गर्ने जानकारी गराएका थिए ।

कार्यक्रमलाई आर्थिक रूपले सहयोग गर्नेहरुमा भोला कटुवाल, नवराज मरासिनी, जगदीशचन्द्र ढकाल, गङ्गा चाम्लागाइ, दिनेश थापा, मनिष ध्वज थापा, वसन्त लम्साल, नारायण श्रेष्ठ, रमेश गुरुङ, राज ढुङ्गाना, कुमार जङ कार्की, कृष्ण काफ्ले, योगराज गौतम, अर्जुन के सी, शिरीष कुँवर, अशिश कटुवाल, कपिलदेव सुबेदी, राजु खनाल, टिका सिटौला, उत्तरा बराल, बिआरटी नेपाल डट कम, विष्णु रेग्मी, लछुमन राना छन् ।

 

प्रतिक्रिया