अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

अष्ट्रेलियालाई महिला विश्वकप क्रिकेटको उपाधि

बिआरटीनेपाल २०७८ चैत २० गते ८:०२ मा प्रकाशित

आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ७१ रनले हराएको हो । अष्ट्रेलियाले सातौं पटक विश्वकप जितेको छ ।

विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया अपराजित रहँदै च्याम्पियन बनेको हो । ३ सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो ।

यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू