अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको निर्माण कार्य तत्काल सुरु गर्न स्थानीयको माग

बिआरटीनेपाल २०७८ चैत १९ गते ८:४६ मा प्रकाशित

आर्थिक अभावले निर्माण कार्य नै ठप्प रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको काम तत्काल सुरु गर्न स्थानीयले माग गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले काम छाडेपछि अलपत्र रंगशालाका संरचना जिर्ण बन्दै गएकाछन् । रंगशालाको काम अपूरो नछोड्न भन्दै तत्काल सरकारले निर्माण गर्न स्थानीयले माग गर्दै आएका छन् ।

सरासर काम भएको भए भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा यतिबेला ठूलठूला प्रतियोगिता भई रहेका हुने थिए । रंगशालाले कमलको फूल आकार लिइसकेर ७७ वटै जिल्ला झल्काउने कक्षले भरिभराउ हुने थियो ।३० हजार दर्शक अट्ने र मुख्य क्रिक्रेटसहित २२ विद्याका खेल खेल्न मिल्नेगरी ३ अर्ब लागतमा रंगशाला निर्माण गर्ने भनिएपनि गत साउनदेखि काम ठप्प छ । रंगशाला नजिकैका स्थानीयले तत्काल काम सुरु गरेर पूर्णता दिन माग गरेका छन् ।

रंगशालामा ५३ करोड बराबरको काम भएको र १६ करोड भन्दा बढी ऋण तिर्न बाँकी रहेको बताईएको छ । तर, फाउण्डेशनले अहिलेसम्म सत्यतथ्य सार्वजनिक गरेको भने छैन ।

आर्थिक पारदर्शीता नभएको भन्दै अख्तियारमा उजुरी समेत परेको छ । कुनै समय दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दै आएकोमा पछिल्लो पटक दैनिक ३०–३५ जनाले मात्रै काम गर्दै आएका थिए । अहिले त्यो पनि बन्द छ । सरकारले यसलाई अलपत्र छोड्न नहुने र पूर्णता दिनुपर्छ भन्दै स्थानीयले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू