अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

पीएनजीले मलेसियालाई हरायाे, नेपालसँग फाइनल खेल्ने सम्भावना कायमै

बिआरटीनेपाल २०७८ चैत १८ गते ७:५० मा प्रकाशित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज शुक्रवार भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई आठ विकेटले हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएकाे एक सय ९७ रनकाे लक्ष्य पीएनजीले मात्र दुई विकेट गुमाएर १३ बलअघि नै भेटायाे । पीएनजीकाे जितमा टाेनी उराले ३४ बलमा १० छक्का र दुई चाैकासहित नटआउट ८६ रन बनाए । यस्तै कप्तान असाद भालाले नटआउट ७४ र चार्ल्स अमिनीले २८ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ र स्याज्रुल इद्रुले एक–एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनायाे । मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ माेरेले चार विकेट लिए ।

आजकाे जितसँगै पीएनजीले फाइनल प्रवेशकाे सम्भावना बलियाे बनाएकाे छ । भाेलि शनिवार हुने नेपालसँगकाे खेलमा मलेसियाले हारेमा पीएनजी फाइनलमा पुग्नेछ । नेपालसँगकाे खेलमा विजयी भएमा मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू