अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाइयो

बिआरटीनेपाल २०७८ चैत १७ गते ८:१२ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ जना खेलाडीलाई बोलाउनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाइएको हो । नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । प्रशिक्षणमा किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङलाई बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू