अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

बिआरटीनेपाल २०७८ चैत १६ गते ८:१० मा प्रकाशित

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ । नेपाल २ खेलमा ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको थियो । मलेसियाको यो पहिलो हार हो । पहिलो खेलमा पीएनजीलाई हराएको मलेसियाले २ खेलमा २ अङ्क जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू