अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल

बिआरटीनेपाल २०७८ चैत १५ गते ८:५५ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८ औं स्थानमा झरेको हो ।

हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको नेपाल यसअघि १६ औं स्थान रहेको थियो । वरीयताको पहिलो स्थानमा न्यूजिल्याण्ड, दोस्रो स्थानमा इंग्ल्याण्ड र तेस्रो स्थान अस्ट्रेलिया रहेको छ ।

टी–ट्वान्टी वरीयतामा नेपाल १३ औँ स्थानमा यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू