अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै दिल्लीकाे विजयी सुरुवात

बिआरटीनेपाल २०७८ चैत १३ गते ८:१९ मा प्रकाशित

मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ ।मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ललित यादवले ४८ र अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै पृथ्वी श ३८ र टिम शेफर्ट २१ रन बनाएर आउट भए । बलिङतर्फ मुम्बईका बसिल थम्पी तीन र मुरुगन अश्विनले दुई विकेट लिए ।

यसअघि मुम्बई टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनायो । उसका इशान किशनले नटआउट ८१ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४१ र तिलक वर्माले २२ रन जोडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले तीन र खलील अहमदले दुई विकेट लिए । यो जितसँगै दिल्ली दुई अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू