अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्यान्डकाे चाेनबरी एफसीसँग ३–१ ले पराजित

बिआरटीनेपाल २०७८ चैत १३ गते ८:०२ मा प्रकाशित

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डकाे चोनबरी एफसीसँग पराजित भएको छ ।थाइल्यान्डमा आज भएकाे मैत्रीपूर्ण फुटबलमा नेपाली टाेली चोनबरीसँग तीन–एक गोलले पराजित भयो । पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गाेल गर्‍याे । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।

यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई–शून्य गाेलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण फुटबल खेल्न थाइल्यान्ड पुगेको हो । एसियन कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा  कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू