अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

बिआरटीनेपाल २०७८ चैत १२ गते ७:४६ मा प्रकाशित

त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढीमा आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । उपाधिसंगै आर्मीले ४ लाख प्राप्त गरेको छ भने पुलिसले २ लाखमा चित्त बुझाएको छ ।

यस्तै गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो । तेस्रो हुने गण्डकीले १ लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ हुनभएको छ । उहाँले नगद १५ हजार प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू