अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

नेपालविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पपुवा न्यूगिनीद्धारा क्लिन स्वीप, दुबै खेलमा नेपालको हार

बिआरटीनेपाल २०७८ चैत १२ गते ७:४२ मा प्रकाशित

नेपालविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पपुवा न्यूगिनी (पिएनजी)ले क्लिन स्वीप गरेको छ । पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) ले नेपालविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट सिरिजमा दुबै खेल जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको दोस्रो एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो ।

हिजो भएको पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको थियो । नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू