अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

राष्ट्रिय भलिबल प्रतियोगिता- आर्मी र पुलिस फाइनलमा

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:२७ मा प्रकाशित

धनगढीमा भइरहेको ’मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।

आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । यो खेलमा आर्मीका मानबहादुर श्रेष्ठ ’म्यान अफ द म्याच’ भए ।

आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई तीन–दुईको सेटले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पहिलो सेट २५–१६ मा र दोस्रो सेट २५–१९ मा जितेको पुलिस क्लबले तेस्रो सेट २२–२५ मा तथा चौथो सेट २३–२५ ले गुमाएको थियो । पाँचौँ सेट १५–१२ ले जित्दै पुलिसले फाइनलको यात्रा तय गरेको हो । यो खेलमा पुलिसका रविन चन्द ’म्यान अफ द म्याच’ भए ।

फाइनल खेल भोलि शनिवार नै हुनेछ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू