अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

आईसीसी विश्व कप क्रिकेट लिग–२, नेपाल यूएईसँग ४८ रनले पराजित

बिआरटीनेपाल २०७८ चैत ४ गते ६:३९ मा प्रकाशित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे एक सय ६९ रन पछ्याएकाे नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियाे । नेपालका लागि राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र साेमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए ।

बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहाेर खान र राेहन मुस्तफाले एक–एक विकेट हात पारे । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायाे । यूएईका लागि राेहन मुस्तफा र चुन्दनग्यापाेएल रिजवानले समान ४०/४० रन बनाए ।

बलिङतर्फ नेपालका साेमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।अङ्क तालिकामा नेपाल १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अङ्कका साथ पाँचाैँ स्थानमा छ । यूएई १६ खेलमा नाैमा जित र पाँचमा हारसहित २० अङ्कका साथ दाेस्राे स्थानमा छ ।

ओमान २७ खेलमा १७ मा जित र आठमा हार सहित ३६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ ।  अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू