अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

धनगढीमा महिला गोल्डकप हुने

बिआरटीनेपाल २०७८ चैत ३ गते ७:१८ मा प्रकाशित

कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा बैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो ।महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उहाँले बताउनुभयो। प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिईने छ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । फागुन २८ गते धनगढीमै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू