अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

बिआरटीनेपाल २०७८ फागुन २४ गते ६:०० मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आउँदो चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार नेपाली टोलीले थाइल्याण्डको स्थानीय क्लब चोनबुरीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

दुबै खेल थाइल्याण्डमा हुनेछन् । थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ । यी खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ । नेपालले पछिल्लो पटक मरिसससँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू