अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

नेपालले श्रीलङ्का नेभीलाई १ सय ११ रनले हरायाे

बिआरटीनेपाल २०७८ फागुन २३ गते ६:३९ मा प्रकाशित

पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई एक सय ११ रनले हराएको छ । कोलम्बोमा नेपालले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलङ्का नेभी २८ ओभर पाँच बलमा एक सय तीन रन बनाउँदा अलआउट भयो ।श्रीलङ्काका एम मधुशंकाले ३० रन बनाउनुबाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन, ज्ञानेन्द्र मल्ल र विक्रम शोबले दुई/दुई तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अलआउट हुँदै दुई सय १४ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै आशिफ शेखले ३६, विनोद भण्डारीले २२, करण केसीले १६, कमलसिंह ऐरीले १५, कुशल भुर्तेलले १३, रोहित पौडेलले १३, सागर ढकालले १३, कप्तान सन्दीप लामिछानेले ११, विक्रम सोबले ११ र ज्ञानेन्द्र मल्लले दुई रन बनाए । संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत एकदिवसीय शृङ्खलाका लागि अभ्यास खेल खेल्न नेपाली टोली श्रीलङ्कामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू