अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

लिभरपुल र चेल्सी विजयी

बिआरटीनेपाल २०७८ फागुन २२ गते ६:४० मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा सादियो मानेले २७ औं मिनेटमा निर्णायक गोल गरे ।

यो जितसँगै लिभरपुलले अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरीलाई ३ अंकमा सिमित गरेको छ । २७ खेलबाट सिटीको ६६ अंक रहँदा लिभरपुलको ६३ अंक भएको छ । एक खेल कम खेलेको चेल्सीको ५३ अंक छ ।

शनिबार राति नै भएको अर्काे खेलमा चेल्सीले बर्नेलेमाथि ४–० को प्रभावशाली जित निकाल्यो । चेल्सीका लागि काई हाभर्ट्जले दुई गोल गर्दा रिस जेम्स र क्रिश्चियन पुलिसिकले एक एक गोल थपे ।

प्रिमियर लिगकै अन्य खेलहरुमा लेष्टर सिटीले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्दा एस्टन भिल्लाले साउथह्याम्पटनमाथि ४–० को जित निकाल्यो । यसैगरी, न्युकासल युनाइटेडले ब्राइटनलाई २–१ ले, ब्रेन्टफोर्डले नरिच सिटीलाई ३–१ ले तथा क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू