अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

पल्सर स्पोर्ट्स अवार्ड- पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

बिआरटीनेपाल २०७८ फागुन २२ गते ५:५१ मा प्रकाशित

१८औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता हुने अवार्डका लागि आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

उनीहरुलाई २०७७ सालभरिको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जनाएको छ । मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिने मञ्चले जनाएको छ ।

यसपालीको अवार्ड ‘दशक अवार्ड’ हुनेछ । यो एक दशकका उत्कृष्ट खेलाडीहरु यसपालीको ‘दशक अवार्ड’बाट सम्मानित हुनेछ । जसमा सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू