अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

लिभरपुललाई किर्तीमानी ९ औं पटक काराबाओ कप फुटबलको उपाधि

बिआरटीनेपाल २०७८ फागुन १६ गते ६:०५ मा प्रकाशित

लिभरपुलले किर्तीमानी नवौं पटक काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोल नभएपछि टाई ब्रेकरबाट छिनोफानो गरिएको हो ।

टाइ ब्रेकरमा लिभरपुल १० को विरुद्ध ११ गोलले विजयी भयो । दुबै टोलीका १०–१० जना खेलाडीले गोल गरेपछि गोलकिपरको पालो आयो । लिभरपुलका गोलकिपर केलेहरले गोल गरेपछि दबाबमा आएका चेल्सीका किपर अरिजाबालागाको प्रहार आकाशिएपछि चेल्सी पराजित हुनपुग्यो । खेलका चेल्सीले तिन पटक अफसाइड गोल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू