अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

रुसमा हुने विश्व कप फुटबलको प्लेअफ बहिस्कार गर्ने पोल्यान्डकाे निर्णय

बिआरटीनेपाल २०७८ फागुन १४ गते ७:४७ मा प्रकाशित

पोल्यान्डले रुससँग उसको घरेलु मैदानमा हुने विश्व कप फुटबलको प्ले अफ बहिस्कार गर्ने भएको छ ।विश्व कप फुटबल अन्तर्गत आउँदो मार्चको २४ तारिखमा पोल्यान्ड र रुसबीच मस्कोमा खेल हुने तालिका रहेको छ । तर रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा पोल्यान्डले रुससँगको प्लेअफ मस्कोमा नखेल्ने घोषणा गरेको हो ।

पोल्यान्ड फुटबल सङ्घका अध्यक्ष सेजारी कुलेजाले खेलाडीले रुसमा नखेल्ने भनेकाले यस्तो निर्णय गर्नुपरेको बताउनुभएको छ । यस्तै कप्तान रोबर्टो लेवान्डुस्कीले रुसले मानवता विरोधी काम गरेको भन्दै मस्कोमा नखेल्ने बताएका छन्।

चेक रिपब्लिक र स्वीडेनले पनि रुसबाहेकको अर्को देशमा खेल हुनुपर्ने बताएका छन् । युक्रेन आक्रमणकै कारण रुसमा हुने च्याम्पियनस लिग फुटबल पनि फ्रान्सको पेरिसमा सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू