अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

मन्छिन्द्रलाई ‘ए’ डिभिजन लिगको उपाधि

बिआरटीनेपाल २०७८ फागुन १४ गते ६:३७ मा प्रकाशित

मच्छिन्द्र फुटबल क्लबले १३ खेलमा २ गोल मात्र खाएर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफलार्ई पराजित गरेसँगै मच्छिन्द्रले १३ खेलमा ३५ अंकसहित दोस्रोपटक उपाधि उचालेको हो ।

मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा एनआरटीविरुद्ध गोल खाएको थियो भने अन्तिम खेलमा एपीएफविरुद्ध गोल खाएको हो ।पहिलो खेल २–१ को जित निकालेको मच्छिन्द्रले अन्तिम खेल पनि २–१ कै जित निकालेको हो । यी दुई गोलबीचको अन्तर ११ सय ८८ मिनेट रहेको छ ।

शनिबारको खेलको ४१औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए पनि दोस्रो हाफको ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई बराबरीको अवस्थामा ल्याए ।तर खेलको ८१औं मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै लिगको सुखद अन्त्य गरे । त्यसपछि पनि एपीएफले थुप्रै गोल गर्ने अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।

मच्छिन्द्रले ११औं चरणमा नै सिजन जितिसकेको थियो । उसका लागि दुई खेल प्रतिष्ठाका लागि मात्र थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू