अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

ए डिभिजन लिगमा थ्री स्टार र ब्रिगेड ब्वाइजको बराबरी

बिआरटीनेपाल २०७८ फागुन १३ गते ७:०७ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा थ्री स्टारले ब्रिगेडसँग १ – १ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुआती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो । बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ ।

थ्री स्टारले छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रह्यो । ब्रिगेड यस अघि नै रेलिगेसनमा परेर बी डिभिजनमा घटुवा भइसकेको छ । यस्तै, जावलाखेल युथ क्लब र संकटा क्लबले पनि बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल र संकटाले १ – १ गोलको बराबरी खेलेको हो । बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ । सङ्कटाले १३ खेलमा १६ अंक जोड्न सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू