अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

आईपीएलका १० टीमलाई दुई समूहमा विभाजन

बिआरटीनेपाल २०७८ फागुन १३ गते ७:०५ मा प्रकाशित

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।मार्च २६ देखि मे २९ तारिखसम्म हुने आईपीएलको समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् ।

त्यसैगरी समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र गुजराज टाइटन रहेका छन् । सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् ।

प्रत्येक टिमले ५ टिमसँग दुई पटक खेल्नेछन् भने अन्य ४ टिमसँग एक पटक खेल्नेछन् । त्यसपछि चारवटा प्लेअफ खेलहरु हुनेछन् । आईपीएलका खेलहरु मुम्बई र पुणेमा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू