अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

एएफसी एसियन कप छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:३१ मा प्रकाशित

एएफसी एसियन कप छनोट अन्तर्गतको तेस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू