अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

च्याम्पियन्स लिगमा चेल्सी विजयी

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:०७ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–० ले हराएको छ । लण्डनस्थित आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन काई हाभर्ट्ज र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे ।

च्याम्पियन्स लिगकै अर्को खेलमा मंगलबार राति स्पेनको भिल्ला रियल र इटालीको युभेन्ट्सले १/१ गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिग फुटबलमा राउण्ड अफ सिक्सटिनका बाँकी दुई खेल आज राति हुनेछन् ।

आज स्पेनको एथ्लेटिको मड्रिडले इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडसँग खेल्दा पोर्चुगलको बेनिफिका र नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू