अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलबाट रेलिगेसनमा

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५३ मा प्रकाशित

ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३ – २ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको अर्थात बि डिभिजनमा घटुवा भएको हो ।

ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । ब्रिगेड तेस्रो पटक रेलिगेसनमा परेको हो । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो । सातदोबाटोसँगको हारसँगै ब्रिगेडले १२ खेलमा ७ अंक जोडेको छ ।

ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ । सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ । सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू