अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट- क्यानडालाई ८ विकेटले हराउदै नेपाल सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५२ मा प्रकाशित

नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको तेस्रो खेलमा क्यानाडालाई ८विकेटले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ ।

ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन मात्र जोड्यो । ८१ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३५ बल बाँकी रहँदै मात्र २ विकेटको क्षतिमा भेट्टायो । खेलमा नेपाल अन्तिम चारमा पुगेको छ । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।

ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएका छन् । अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ । फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू