अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

पाँचाैँ टी–२० क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई हरायाे

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:२८ मा प्रकाशित

अस्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रीलङ्काले जितेको छ । मेलबर्नमा आज आइतवार भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई पाँच विकेटले हरायो । अस्ट्रेलियाले दिएको एक सय ५५ रनको लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । उसका लागि कुशल मेन्डिसले नटआउट ६९ रन बनाए भने दसुन सनाकाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका केन रिचर्डसनले दुई र अस्टन अगरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि म्याथु वाडेले सबैभन्दा धेरै ४३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु कुमारा र दुशमन्था चमिराले २/२ तथा प्रविन जयविक्रमा र चमिका करुणारत्नेले एक/एक विकेट लिए ।  याेसँगै पाँच खेलको शृङ्खला अस्ट्रेलियाले चार–एक ले जितेको छ । टी–२० शृङ्खला खेल्न श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा गएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू