अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

‘ए’ डिभिजनमा एनआरटीले मनाङलाई हरायाे

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:०८ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । आठ पटकको च्याम्पियन मनाङ एनआरटीसँग एक–शून्य गोलले पराजित भएको हो ।

दशरथ रङ्गशालामा आज आइतवार भएको दाेस्राे खेलमा एनआरटीका मेसुके ओलुमोउले खेलको २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै एनआरटीले १२ खेलमा २० अङ्क जोडेको छ । एनआरटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । मनाङको पनि १२ खेलमा २० अङ्क नै छ । मनाङ तालिकाको तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू