अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

विन्टर ओलम्पिकमा नर्वे पदक तालिकाको शीर्ष स्थानमा

बिआरटीनेपाल २०७८ फागुन ८ गते ६:५० मा प्रकाशित

चीनको बेईजिङमा जारी विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ ।

आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ । चीनले ९ स्वर्ण, ४ रजत र २ कास्यसहित जम्मा १५ पदक जितेको छ । चौथों स्थानमा रहेको अमेरिकाले ८ स्वर्ण, १० रजत र ७ कास्यसहित २५ पदक हात पारेको छ ।

स्वीडेनले ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित १८ पदक जितेर पाँचौ भएको छ । छैठौं स्थानमा रहेको नेदरल्यान्ड्सले पनि ८ स्वर्ण, ५ रजत र ४ कास्य हात पारेको छ । सातौं स्थानको अष्ट्रीयाले समान ७ स्वर्ण, ७ रजत र ४ कास्य जित्दा आठौं स्थानको स्वीट्जरल्यान्डले ७ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ । विन्टर ओलम्पिक आज सकिदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू